शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एसीसी महिला टी–२० च्याम्पियनशीपमा नेपालले आज कुवेतसँग खेल्दै

दैनिक नेपाल २०७९ असार ४ गते ७:५१

काठमाडौं, ४ असार । एसीसी महिला टी–२० च्याम्पियनशीपमा नेपालले आज शनिबार कुवेतसँग खेल्दैछ ।

खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले हिजो शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।

तालिकामा नेपालको दुई अङ्क रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो । कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ ।

च्याम्पियनशीपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपालले आउँदो सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

च्याम्पियनशीपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित