१ कार्तिक २०८३, आइतबार

एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराएको हो ।

यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनायो ।

भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोडिन् । बलिङतर्फ नेपालका लागि संगीता राईले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सीता रानामगर र इन्दु वर्माले १-१ विकेट लिए ।