
काठमाडौं । इण्डी रक ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’ले भोलि शनिबार नयाँ एल्बम ‘जवानीको जोश’ सार्वजनिक गर्ने भएको छ ।
ठमेलको सुपर क्लबमा आफ्ना नयाँ र पुराना गीतको गायन प्रस्तुतिसँगै एल्बम पनि सार्वजनिक गर्न लागिएको बताइएको छ । कार्यक्रमको व्यवस्थापन पीभीई नेटवर्कले गर्दैछ ।
व्याण्डका प्रमुख गायक तथा गितारिष्ट स्टिभ देवानले नयाँ एल्बममा समेटिएका गीतले नेपाली युवाहरुको विचार र व्यक्तिगत विचारलाई अभिव्यक्त गर्ने स्वतन्त्रतालाई प्राथमिकता दिएको बताए । एल्बममा सात वटा गीत समावेश छन् ।
ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको गीतमा कोर ताम्राकारको रेकर्ड, मिक्सिङ र मास्टरिङ छ । एल्बममा झिल्के एण्ड कम्पनी, प्रसोङ रुपाचा, निशान्त शाक्य र बोनी श्रेष्ठको शब्द छ । एलबममा पंक रक, रक एण्ड रोल, ब्लुज, अल्टरनेटिभ रकलगायत फ्लेभरका गीत छन् ।
‘एनओएफएक्स’ जस्ता पंक रक ब्याण्डदेखि लिएर ‘द एक्स’ जस्ता विद्यालयका व्याण्डभन्दा केही फरक ‘झिल्के एण्ड द कम्पनी’ले आफूलाई ‘झिल्के रक’का रुपमा संगीतपारखीमाझ चिनाउदै आएको छ ।
व्याण्डमा स्टिभ देवान गायक तथा गितारिष्ट, विशाल गुरुङ बेस, दीप्सन केसी ड्रम र ज्याकी शाक्य गीतारमा छन् । सन् २०१९ मा स्थापना भएको व्याण्डका गीत ‘पंक्षीहरु’, ‘मलाई केही आउदैन’, ‘झिल्के फायर’ र ‘निलो सुटकेस’ लोकप्रिय छन् ।















प्रतिक्रिया