
काठमाडौं, ३ असार । नेपालको पहिलो र पुरानो नेपाल बैंकले जारी गर्ने ऋणपत्र ‘१०.५०% नेपाल बैंक ऋणपत्र २०८४’ को विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।
विक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने बताइएको छ । बैंकले रू. १,०००/– अंकित दरको २५ लाख कित्ताले हुन आउने रू. २ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र जारी गर्ने तयारी गरिरहेको छ । उक्त ऋणपत्रको अवधि पाँच वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको जानकारी बैंकले दिएको छ ।















प्रतिक्रिया