
काठमाडौं, ३१ जेठ । ‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण शुरू भएको छ ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगीताको पहिलो अडिसन समेत सम्पन्न भएको छ ।
बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसनमा ४० प्रतियोगी छनौट भएका छन् । अडिसनमा एकसय बढी बालबालिकाको सहभागीता रहेको थियो । प्रतियोगिताको अर्काे अडिसन छिट्टै आयोजना हुने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु, अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार र चर्चित अभिनेत्री सञ्चिता लुइँटेल अडिसनको निर्णायकमा रहेका थिए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागित रहने प्रतियोगीताको दोस्रो अडिसनपछि छानिएका सबै प्रतियोगी विभिन्न प्रशिक्षणमा जुट्ने छन् । शो क्रममा उनीहरुलाई विभिन्न बिधामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयार गरिनेछ ।
अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुको कोरियोग्राफी रहने प्रतियोगितामा श्रीषा बैदार फैजुले प्रतियोगीका ड्रेस डिजाइन तयार गर्नेछिन् । फाइनल स्पर्धाको मिति केही पछि सार्वजनिक गरिने बताइएको प्रतियोगितामा शीर्षसहित दर्जन बढी उप–विजेता छानिने छन् । विजेताहरुले उपाधिका साथमा बिभिन्न गिफ्ट समेत प्राप्त गर्नेछन् ।















प्रतिक्रिया