
काठमाडौं । नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ को मनोनितहरूलाई भव्य कार्यक्रमको आयोजना गरि प्रमाणपत्र बितरण गरिएको छ ।
वरिष्ठ संगीतकार शम्भुजित बासकोटा, वरिष्ठ गायिका ज्ञानु राणा, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायत थुप्रै गीत संगीतसंग आबद्ध सर्जगहरुले अवार्डमा मनोनितहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । नेपाली गीत संगीत बजारमा सांगितिक कार्यक्रमसहित भव्य आयोजना गरिने अवार्डको मनोनयन कार्यक्रममा कलाकारको बाक्लो उपस्थिति थियो ।
बक्स अफिस इन्टरनेशनल ग्रुपले हरेक वर्ष जेष्ठ २७ गतेको दिन निरन्तर आयोजना गर्दै आएको बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ मा राजेश हमाल, आर्यन सिग्देल, सबिन श्रेष्ठ, पल शाह, पुष्प खड्का उत्कृष्ट म्युजिक भिडियो अवार्डको भिडियो मोडल बिधामा चुनिएको छन भने महिलातर्फ मल्लिका महत, गरिमा शर्मा, अनु शाह, निरुता सिंह, पुजा शर्मा चुनिए ।
त्यसैगरी बर्षको उत्कृष्ट गायिकामा मिलन अमात्य, अन्जु पन्त, बिष्णु माझी, अस्मिता अधिकारी, मेलिना राइको स्वरले अवार्डमा कब्जा जमाएका छ्न ।
यस कुमार, उर्गिन दोङ, सोनाम तोपतेन, युवराज चौलागाईं, राजेश पायल राइको स्वर अवार्डको उत्कृष्टमा समाबेश गरिएको छ । अर्जुन पोखरेल, उर्गिन दोङ, राजन राज सिवाकोटी, सुन्दरमनी अधिकारी, यश कुमारको संगीतले बक्स अफिस म्युजिक भिडियो अवार्डमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छन ।
यो वर्ष नेपाली गीतसंगीत बजारमा तीन हजार भन्दा धेरै निर्माण भई सार्बजनिक भएको अनुमानित तथ्यांक रहेको छ । बजारमा करिब ३ हजार ४०० वटा म्युजिक भिडियोलाई पछि पार्दै अन्तत २१ वटा चलचित्र रिलिज मध्य यो बर्ष रिलिज भएको नेपाली कथानक चलचित्र म एस्तो गित गाउँछु २ को शीर्ष गीत तिम्रो घरको वरिपरि चलचित्रको संगीत सुपरहिट भएको छ ।
यही गीतले कोरोना महामारीले सुतेको नेपाली चलचित्र चल्न महत्त्वपूर्ण भुमिका खेलेकोले चलचित्रको गीत संगीत तर्फ आफुलाइ अवार्डमा अब्बल साबित गरेको छ । हजार भन्दा धेरै आधुनिक गीत संगीत बजारमा सार्वजनिक भएकोमा ‘फुलबुट्टे सारी’ र ‘टाढा भए पनि’ गीत संगीतले आधुनिक सुगम संगीतको बजारमा आफूलाइ सर्वोत्कृष्टको संगीतमा दाबेदारी पेस गरेका छन् ।
हजार कै हाराहारीमा निर्माण भएको अर्को ठूलो संगीत बजार मानिएको लोकदोहोरी म्युजिक भिडियोमा भने यो बर्ष २ वटा म्युजिक भिडियो ‘पीर’ र ‘रम रम मरौटी’ले लोकदोहोरी बिधामा अब्बलता कायम गरे ।
बजारमा भजन, राष्ट्रिय गीत, नेपाल भाषा, मोफसल र प्रवासबाट बनेको थुप्रै गीत संगीतहरु बजारमा मध्यम रहे । २०७८ को गीत संगीत बजारमा चलचित्रमा एउटै मात्रै गीत म यस्तो गित गाउँछु २ को तिम्रो घरको वरिपरिले मात्रै सफलता चुम्यो भन्ने लोकदोहोरीमा पनि लगभग एउटा मात्रै म्युजिक भिडियो सपुतले स्पष्ट बजार लियो । आधुनिक सुगम संगीतमा दुई वटा म्युजिक भिडियो टाढा भएपनी र फुलबुट्टे सारिले बजार मात्रै तताएनन् व्यावसायिक रुपले पनि आफूलाई अब्बल साबित गरे ।
नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा यीनैको मात्रै मुख्य प्रतिस्पर्धा रहने छन भने करिब ३ हजार गीत संगीतको लगानी बालुवामा पानी हालेसरह भएको बक्स अफिस इन्टरनेसनल ग्रुपले संगीत बजारको वर्ष समीक्षाले सार्वजनिक गरेको छ ।
आगामी साता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा थुप्रै बिधाबाट मनोनित भएका एक जना सर्वोत्कृष्टलाई ट्रफी प्रदान गरिने अवार्डका अध्यक्ष आरके सुबेदीले बताए । नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा यो वर्षको गीत संगीत पत्रकारिता पुरस्कारतर्फ सञ्चारकर्मी कुमार आचार्यलाई प्रदान गरिने मनोनयन कार्यक्रम घोषणा गरिएको छ ।
आचार्यले बिगत डेड दशक देखि चलचित्र र गीत संगीतको बजार प्रबन्धकको लागि अबिरल रुपमा निरन्तर दत्तचित्त भएर सञ्चार गतिविधिमा लागिपरेकोले नगद रू. २५ हजारसहित टर्फीबाट सम्मानित गरिने कार्यक्रममा घोषणा गरियो ।
त्यैगरी गीत संगीतको पक्षमा निरन्तर पत्रकारिता गरिरहेका मिलाप मासिक र हिमालयन टाइम्स दैनिकका पत्रकार कृष्ण भुषाल, अनलाइन खबरका पत्रकार बिष्णु शर्मा, युटुव टिभी र अनलाइन मिडियामा स्वास्थ्य पत्रकारिता गर्दै आएका पत्रकार गोपीकृष्ण चापागाई र नेपाली चलचित्रको पुरानो अनलाइन मिडिया फिल्मी खबर अनलाइनका सकृय पत्रकार मनिष अन्जानलाइ बक्स अफिस संगीत पत्रकारिताबाट सम्मान गरिने घोषणा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका छन् ।















प्रतिक्रिया