
काठमाडौँ, ३० जेठ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
बैठक केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठकमा सुरु भएको हो ।
केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि तयार गरेको चार वटा एजेन्डामा छलफल हुनेछ ।
स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षणलगायत विषयमा आज छलफल गरिने छ ।
















प्रतिक्रिया