२ कार्तिक २०८३, सोमबार

जुम्लामा छायांकन गरिएको फिल्म ‘प्रकाश’ को राइट्स युरोपसहित चार देशमा बिक्री

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कर्णालीको मौलिकतालाई झल्काएको फिल्म ‘प्रकाश’ को राइट्स युरोपसहित चार देशमा बिक्री भएको छ ।

आगामी भदौ १० गतेबाट रिलिज हुने ‘प्रकाश’ को विदेश राइटस् निकै महंगो मूल्यमा बिक्री भएको हो ।

अभिनेता प्रदीप खड्काको मूख्य अभिनय रहेको फिल्मका निर्देशक दिनेश राउत हुन् ।

राउतले अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार बिक्री भएको जनाएका छन् ।

केही समयअघि सार्वजनिक फिल्मको टेजरमा सकारात्मक प्रतिक्रिया आएपछि विदेश अधिकार बिक्री गरिएको निर्देशक राउतको भनाइ छ । ‘नेपालमा फिल्म रिलिज भएकै मितिमा यी देशहरुमा पनि रिलिज हुनेछ’, उनले भने ।

फिल्ममा बाबुको सपना पुरा गर्न शिक्षक बन्न संघर्ष गरेको एक युवाको कथालाई समेटिएको छ ।

जुम्लामा छायांकन गरिएको फिल्ममा प्रदीपसँगै दिया मास्के, राजन खतिवडा, रानु योगी र प्रकाश घिमिरेको पनि अभिनय छ ।

महेन्द्र अधिकारी निर्माता तथा अनिल मानन्धर, पिकेश मानन्धर सह–निर्माता रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, विकास सुवेदीको पटकथा, ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्मा र सुभाष भुषालको संगीत, जीवन थापाको सम्पादन र कलर, अनुप बरालको कास्टिङ छ ।

यो फिल्मले समग्र कर्णालीको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण निर्वाह गर्ने विश्वास गरिएको छ ।

टेजर भिडियो: