२ कार्तिक २०८३, सोमबार

जी-बबले बुबाआमाविरुद्ध मुद्दा हालेकोबारे के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । चर्चित र्‍यापर सुदीप भण्डारी ‘जि–बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएकोले निवेदन हालेका बताएका छन् ।

उनले बुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको स्पष्ट पारे ।

जि–बब र बाबुआमाले एक–अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जि–बबले आइतबार पत्रकार सम्मेलनमा यस्तो प्रष्टिकरण दिएका हुन् ।

उनले आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहोर्याए ।

जि–बबले भने, ‘मैले स्वतन्त्रता खोजिरहेको हो । त्यसैका लागि कपीमा लेखेर सिडीओमा निवेदन दिएको हुँ । तर सबैले मुद्दा हाल्यो भन्दा समस्या भयो । मेरो भनाइ यत्ति हो कि म खुट्टा लागेको छोरा हुँ । मेरो बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन । तर, मैले मुद्दा हालेको होइन । निवेदन दिएको हुँ । निवेदन भन्छ यसलाई । नि…वे…द…न…