४ कार्तिक २०८३, बुधबार

भक्तपुरको बोडेमा पुरुषको शव फेला, हत्याको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, २९ जेठ । भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका–८ बोडेमा एक पुरुषको शव फेला परेको छ ।

बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्‍याण साहु मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार साहुको हत्‍या भएको आशंकामा केही व्‍यक्तिलाई पक्राउ गरिएको छ ।

मृतक साहुको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।