
काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।
आइतबार महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले यस्तो बताएका हुन् ।
उनले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत प्राधिकरणबाट यस्तो प्रतिबद्धता आएको जानकारी दिएका छन् ।
हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने उनको भनाइ छ ।
एकीकृत योजनाअनुसार समन्वयात्मक ढंगले अघि बढ्ने शाहले बताए ।















प्रतिक्रिया