४ कार्तिक २०८३, बुधबार

विप्लवको पार्टीले नेपालस्थित एमसीसीको मुख्यालय घेर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तिव्रता दिने घोषणा गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत आजमात्रै माओवादी तथा मजदुर आन्दोलनमै रहेका विभिन्न ५७ जना व्यक्तिहरु सो समितिमा प्रवेश गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण तोलाङ्गेको नेतृत्वमा ५७ जना माओवादी तथा मजदुर आन्दोलनका अगुवाहरु समितिमा प्रवेश गरेका हुन् ।

समितिले आगामी एक साता भित्र चार÷पाँच सयको हाराहारीमा मजदुर आन्दोलनका विभिन्न पार्टीमा सक्रिय अगुवाहरुलाई आफ्नो संगठनमा प्रवेश गराउने जनाएको छ ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले विश्व आज ध्रुविकरण तर्फ अघि बढेको सुनाए । उनले विश्व गृहयुद्ध र आन्दोलनमा होमिने अवस्थामा रहेको पनि चित्रण गरे ।

उनले नेपालमा एमसीसी सम्झौता भएको प्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ? भन्ने खतरा पनि औंल्याए । उनले भने, ‘हाम्रो देशमा एमसिसी भित्रिसकेपछि अमेरिकि सेनाकाजर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होईन ?आज यो खतरा पैदा भएको छ ।’

पुनले अमेरिकी साम्राज्यवादको विरुद्धमा आफूहरुले संघर्षको कार्यक्रम सुरु गरेको उल्लेख गर्दै सोहीअन्तगर्तत भोलि (आइतबार) दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने पनि जनाए ।