
काठमाडौँ, २९ जेठ । पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ ।
७० वर्षीय थापा पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद हुन् ।
उनको रामपुर नगरपालिका–१० मा रहेको आफ्नै निवासमा निधन भएको हो ।
थापा केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थिए ।
थापा २०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।















प्रतिक्रिया