
काठमाडौँ, २८ जेठ । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धारका नेपाली सेनाको टोली खटिएको छ ।
तारमा भुण्डिएर बसेका बेलकोट गढी नगरपालिका–१२ का माइला विकको उद्धारका लागि सेनाको हेलिकप्टरले रेञ्जर गणको उद्धार टोलीलाई खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् ।
नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रसारण लाइनको तारमा चढेपछि विद्युत उत्पादन बन्द गरिएको छ ।
स्थानीय, प्रहरीले तल ओर्लन भन्दा पनि उनी आउन मानेका छैनन् ।















प्रतिक्रिया