१ कार्तिक २०८३, आइतबार

विद्युतको तारमा हिँड्ने व्यक्तिको अझै हुन सकेन उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ जेठ । नुवाकोटमा त्रिशुली थ्री एको प्रशारण लाइनमा हिँड्ने व्यक्तिको उद्धारमा समस्या भएको छ ।

शनिबार बिहान ९ बजेदेखि निरन्तर विद्युत प्रशारण लाइनमा हिँडिरहेका नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विकको हालसम्म पनि उद्धार हुन नसकेको हो ।

उनी मानसिक रोगी रहेको बताइएको छ ।

त्यस्तै, भौगोलिक कठिनाइले गर्दा क्रेन प्रयोग गरेर उद्धार गर्न पनि गाह्रो भएको बताइएको छ ।

उनी तारमा हिँडेपछि विद्युत प्रशारण विहानदेखि बन्द गरिएको प्राधिरकणले जनाएको छ ।