
काठमाडौँ, २८ जेठ । नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष हिँडेपछि माथिल्लो शित्रुलीसहित केही साना जलविद्युत उत्पादन बन्द गरिएको छ ।
पुरुषले प्रशारण लाइनमा हिँड्दा विद्युत बन्द गर्नुपरेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ ।
घटनाका कारण ७० मेगावट विद्युत उत्पादन बन्द भएको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।
बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन ।
उनलाई उद्धार गर्ने प्रयास भने सफल नभएको बताइएको छ ।
स्रोतका अनुसार उनलाई मानसिक समस्या रहेको बताइएको छ ।















प्रतिक्रिया