
काठमाडौँ, २८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीको आफ्नै अस्तित्व नभएपछि अरुसँग टासिनुपर्ने अवस्था भएको बताएका छन् ।
महासचिव पोखरेलले स्थानीय तह निर्वाचनबाट माओवादीको जनमत झन् घटेको बताउँदै आफ्नै अस्तित्वमा संकट आएको टिप्पणी गरे ।
शनिबार ललितपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा उनले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको बताएका हुन् ।
यो चुनावबाट नेकपा माओवादी केन्द्रलाई अत्यन्त ठूलो क्षति भएको छ । उसको सिट बढेको छ । तर जनमत उल्लेख्य रुपमा घटेको छ’ उनले भने, ‘०७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।’
माओवादी अब बामपन्थी शक्तिका रुपमा नरहेको र आफ्नो अस्तित्व जोगाउन अन्यसँग टासिनुपर्ने अवस्था आइपरेको पोखरेलेको भनाइ छ ।
उनले अहिले नेकपा एमालेको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी नभई नेपाली कांग्रेस भएको बताए ।















प्रतिक्रिया