१ कार्तिक २०८३, आइतबार

टी–ट्वान्टी सिरिजमा अफगानिस्तान र जिम्बाब्वे भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ जेठ । जिम्बाब्वे र अफगानिस्तानबिच टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने पहिलो टी–ट्वान्टी खेलमा घरेलु टोली र अफगानिस्तान नेपाली समय अनुसार पौने ५ बजे आमने सामने हुनेछन् ।

दुवै टोली आजको खेल जितेर सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । यसअघि भएको ३ खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले गरेको क्लिन स्विप कारण भने घरेलु टोली दबाबमा भएको देखिन्छ ।

जिम्बाब्वे र अफगानिस्तानबिच दोस्रो टी–ट्वान्टी खेल आइतबार र तेस्रो मंगलबार हुने तालिका रहेको छ ।