४ कार्तिक २०८३, बुधबार

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिदिम, २८ जेठ । पाँचथरको फालेलुङ गाँउपालिका-३ नाम्लुवामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पञ्चमुखीदेखि थोक्लिम्बातर्फ जाँदै गरेको प्र १–०२–००३ त १८५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ वर्षिय ट्याक्टर चालक सुरेश साँवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक छेउमा रहेको नाम्लुवाका पञ्चबीर लोहारको घरमा ठोक्किएर सडकबाट तल झरेको ट्याक्टरले किचिएर साँवाको घटनास्थलमै मृत्यु भएको हो।