४ कार्तिक २०८३, बुधबार

हुम्लाको चंखेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

जुम्ला, २८ जेठ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा आगलागीबाट तीन वटा घर जलेर नष्ट भएका छन् । चंखेली ४ पिप्लाङमा विद्युत तार सट भएर राति १ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । तर घर पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ । घरभित्र रहेका लत्ताकपडा र अन्नपात पनि निकाल्न नपाएको पीडित परिवारको भनाइ छ ।

पहिले सँगै जोडिएको घर भएकोले एउटै घर जस्तो देखिए पनि तीन घर जलेको स्थानीयले बताएका छन् । राति १ बजे लागेको आगो बिहान ६ बजेर ४० मिनेटमा नियन्त्रणमा आएको थियो ।