४ कार्तिक २०८३, बुधबार

पूर्वमन्त्री मिथिला चौधरीको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २८ जेठ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभएको छ ।

मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त)को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ ।–रासस