काठमाडौँ, २८ जेठ । नेपाली संगीत आकाशमा स्थापित गायिका तथा सुरिलो स्वरकी धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा रहेको खोलीको पानी बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ ।
गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ । गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् । समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय रहेको गीतको भिडियोमा साजन कट्टेलको निर्देशनमा रहेको छ।















प्रतिक्रिया