
काठमाडौं, २८ जेठ । कामना सेवा विकास बैंकले मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबेनीमा शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत सेवा विस्तार गर्ने क्रममा बैंकले हिजो शुक्रबार उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
धोबेनी बजारस्थित सिमन इन्टरप्रइजेज (प्रो. गणेश प्रसाद भट्टराई) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
उक्त पालिकाको वडा नं. ३ का अध्यक्ष सन्तोष कुमार थापामगरले उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरे । कार्यक्रममा कालिका उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यपक मात्रिका प्रसाद न्यौपाने, टाँडी, धोबेनी बजार व्यापार संघका अध्यक्ष सञ्जय कुमार लिम्बुलगायत बैंकका अन्य कर्मचारीहरू, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरूको उपस्थिति रहेको थियो ।
शाखारहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप सङ्कलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिने बताइएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवम् बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।















प्रतिक्रिया