
काठमाडौँ, २७ जेठ । बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि. बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वीप तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिदमा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकिय नगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रा.लि. ले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया