
काठमाडौँ, २७ जेठ । राष्ट्रिय युवा परिषद्ले विभिन्न १३ जिल्ला युवा समितिका अध्यक्ष नियुक्त गरेको छ ।
परिषदले जेठ १६ गते १३ जिल्ला अध्यक्ष नियुक्त गरेको थियो ।
राष्ट्रिय युवा परिषदका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरेको हो ।
उनीहरुलाई मन्त्री गहतराजले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
कुन जिल्लामा को नियुक्त ?
हिकमतबहादुर शाही–दैलेख
सुजन राई–सोलुखुम्बु
पासाङ निमु शेर्पा–संखुवासभा
चेतप्रसाद बोलखे–रौतहट
टिका भुर्तेल–नवलपुर
सुजन लिम्बु–ताप्लेजुङ
समिक शेरचन–मुस्ताङ
युवराज दाहाल–झापा
आविष्कार क्षेत्री–स्याङ्जा
भक्तबहादुर थापा–बर्दिया
नवराज कार्की–मुगु
सञ्जयकुमार दास–सप्तरी
चक्रबहादुर रावल–जुम्ला















प्रतिक्रिया