४ कार्तिक २०८३, बुधबार

वामपन्थी दलबीच तत्काल एकता सम्भव छैनः योगेश भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरुबीच तत्काल एकता सम्भव नभएको बताएका छन् ।

दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै सचिव भट्टराईले अब हुने सङ्घीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरु मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार भइनसकेको स्पष्ट पारे ।

वामपन्थी विचार मिल्ने दलहरुबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उनको भनाइ थियो ।