४ कार्तिक २०८३, बुधबार

महिलाको हत्या गरी उखु बारीमा फालेको आरोपमा फरार अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २७ जेठ । शैल्यशिखर नगरपालिका–१ बारील बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका प्रतिवादी सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज खडायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत वुधबार अनिभाको शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय बैतडीको समन्वय र सहकार्य ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुला र प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट पक्राउ गरेको हो ।

भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतकको छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट भागी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर जवरजस्ती करणी, ज्यान सम्बन्धी कसूर र डाँका चोरी शीर्षक मुद्धामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।