
कपिलवस्तु, जेठ २७ । जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा नेकपा (एमाले)का वावुराम आचार्य विजयी भएका छन् ।
आचार्य गोला प्रथावाट बिजयी भएका हुन् । त्यस्तै, उपप्रमुखमा एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् ।
यसैगरी मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको हो ।
जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी, मनोब्ब्र धुनिया, रामु अहिर सदस्य मा निर्वाचित भएका हुन् ।
यस्तै कांग्रेस कि सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका छन् ।
यस्तैगरी सदस्यमा गोलाबाट एमाले कि सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपा कि शन्ध्या पौडेल खाँ निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समितिमा १०/१० मत आएर दुवैको परिणम समान भएको हो ।















प्रतिक्रिया