
काठमाडौँ, २७ जेठ । पाठ्यक्रममै वर्णभेद र हिन्दु संस्कृतिको अपमान गर्ने सामग्रीहरु भेटिएको छ ।
बालबालिकालाई पढाइने अंग्रजीको राम्री (ब्युटिफुल) र नराम्री (अग्ली) शब्दमा दुई महिलाको चित्र बनाइएको छ । जसमा एक महिला गोरो वर्णकी छिन् । उनलाई राम्री भनिएको छ ।
अर्को महिला कालो वर्णकी छिन् । उनलाई कुरुप भनिएको छ । राम्री भनिएकी महिला आधुनिक पहिरनमा खैरो कपाल भएकी छिन् भने कपडा हरियो र टीका पनि कालो छ ।
कुरुप भनिएकी महिलाको पहिरन परम्पारगत हिन्दू महिलाको छ । उनले रातो टीका लगाएकी छिन् भने कपाल कालै छ । कपडा पनि रातो रङ्गको छ ।
पछिल्लो पाठ्यक्रममा राम्री र नराम्रीको व्याख्या पनि विभेदकारी देखिएको छ । जसको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
पाठ्यक्रममा ई बाट ईशा भनी इशाई धर्मका प्रभुलाई प्रार्थना गरिरहेको देखाइरहेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
त्यस्तै, त्यस विषयमा नेकपा एमालेका सांसद भीम रावलले बिहीबार संसद बैठकमा पनि चर्को विरोध गरेका थिए ।















प्रतिक्रिया