
काठमाडौँ, २७ जेठ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जनाएको छ ।
जेठ ११ गते गाडी भाडा घटाएको विभागले पुनः वृद्धि गरेको छ ।
नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १२ रुपैयाँ बनाएको थियो ।
विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।
कहाँ जान कति लाग्छ ?















प्रतिक्रिया