४ कार्तिक २०८३, बुधबार

थोरै मतले दोस्रो भयौँ तर लोकप्रिय भोटमा एमाले अगाडि नै छः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा भुइँचालो आउन थालेको बताएका छन् ।

उनले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै असार १७ गते सत्ता गठबन्धनबारे गरेको भविष्यवाणीको समयअघि नै लक्षण देखिन थालेको बताए ।

‘पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे पनि पार्टी निरीह भएर हेरेको हेर्यै छ,’ उनले भने, ‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो त्यसैले भविष्यवाणीको लक्षण देखिन थालेको छ, उनले भने ।

त्यस्तै, उनले छोडे जानेहरुलाई पार्टीमा स्वागत गर्ने बानी नरहेको बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् । उनले भने, ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौँ । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।’

‘स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले एमाले दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएकोबाट एमाले एमाले नै रहने ओलीको भनाइ थियो । ‘६ दल मिले कुनै सिद्धान्त‚ विचार रहेन जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो,’ उनले भने, ‘थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ ।’

आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशबासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।