४ कार्तिक २०८३, बुधबार

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ ।

सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।–रासस