४ कार्तिक २०८३, बुधबार

जाजरकोटको जुनीचाँदे जिप दुर्घटनामा ३ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर–५ स्थित बलेबनमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ घर भएकी ३४ वर्षीया कालिका शाही, २१ वर्षीय दर्शन शाही र वडा नम्बर–५ शिवपुरी घर भएकी ४० वर्षीया पुतला गिरी छन् ।

जुनीचाँदेको लुहादहबाट शिवपुरी जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको बोलेरो दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । जिपमा ११ जना सवार थिए ।