४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री देउवाले मेयर शाहलाई बालुवाटार बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।

भेटमा काठमाडौँको फोहोर व्यवस्थापनका लागि सरकारको साथ रहने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न सुझाव दिए ।