४ कार्तिक २०८३, बुधबार

नेपाल टेलिकमको २४ सै घण्टा निःशुल्क हेर्न सकिने टीभी च्यानल भएको एपको परीक्षण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ ।

सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ । उक्त एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने छ ।

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ । यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ ।

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन ।