४ कार्तिक २०८३, बुधबार

अछाममा किशोरको हत्या प्रकरणः नगरप्रमुख चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा मृत भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा नगरप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

कक्षा १० मा अध्ययनरत विनोद शाही जेठ २१ गते मृत भेटिएको घटनामा पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीले जाहेरी दर्ता गरेपछि पीडित पक्षले शव बुझेका छन् ।

बल बहादुर शाहीको छोरा १७ वर्षीय मृतक शाहीको मोबाइल शवभन्दा माथी मध्यपहाडी लोकमार्गमा भेटिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक शाहीले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । मृतक शाही जेठ १७ मा राति हराएका थिए ।

पिडित पक्षले घटनामा भर्खरै निर्वाचित नगरप्रमुख अम्बिका चलाउनेको मुख्य हात रहेको भन्दै किटानी जाहेरी दर्ता गराएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।