४ कार्तिक २०८३, बुधबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकार प्रा. लि.बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेकसाइड पोखरादेखि सराङ्कोट पोखरा सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकमहानुभावहरुले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

२८ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।