४ कार्तिक २०८३, बुधबार

अजोड इन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । अजोड ईन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबीच बीमाको पहुँच पुर्याउन सम्झौता भएको छ ।

कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको बीमा नीतिअनुरुप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुंच ग्रामीण स्तरसम्म पुर्याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाइ बीमा व्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न भएको हो ।