
विराटनगर, २६ जेठ । नेकपा (एमाले)ले प्रदेश १ को नामकरणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।
प्रदेश १ एमाले संसदीय दलको बिहीबार बसेको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामकरण समिति गठन गरेको हो ।
समितिको सदस्यमा पूर्वसामाजिक विकासमन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्वउद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत र सांसद अर्जुन राई रहेका छन् ।
गत स्थानीय तहको निर्वाचन सकिएको पाँच वर्ष भइसक्दा पनि प्रदेश १ को नामकरण टुंगिन सकेको छैन ।















प्रतिक्रिया