
काठमाडौँ, २६ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय बाहिर अनेरास्ववियुले प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसक्दा पनि ताला नखुलेको भन्दै अनेरास्ववियुले ताला खोल्न माग गरेको हो ।
अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको काम प्रभावित भएको अनेरास्ववियुले जनाएको छ ।
विद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध पनि नाराबाजी गरेका छन् ।
उनीहरुले त्रिविको गुण्डागर्दी बन्द गर, विश्वविद्यालय शान्ति क्षेत्र कायम गर जस्ता नारा लगाएका थिए ।
अनेरास्ववियुले वुधबार एक विज्ञप्ति जारी गर्दै ताला खोल्न माग गर्दै तीन दिने अल्टिमेटम दिएको थियो ।















प्रतिक्रिया