
काठमाडौँ, २६ जेठ । कतारबाट आएका एक व्यक्ति आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
बिहीबार बिहान पौने १० बजे कतार एअरवेजको क्यूआर ६५२ उडानबाट काठमाडौँ आएका एक व्यक्ति ५१६.५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।
धनुषा घर भएका उनले आफ्नो भित्री वस्त्र (अण्डरवेयर) भित्र सुन लुकाएको प्रहरीले जनाएको छ ।
विमानस्थल भन्सार कार्यालयमा यात्रु चेकजाँचको क्रममा उनले लगाएको भित्री वस्त्र (अण्डरवेयर) भित्र लुकाएर राखिएको अवस्थामा ४६६.५ ग्राम बिस्कुट आकारको सुन थान–४ थान र ५० ग्रामको सिक्री गरी ५१६.५ ग्रामसहित पक्राउ गरिएको हो ।















प्रतिक्रिया