४ कार्तिक २०८३, बुधबार

१५ वर्षीया किशोरीलाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा १ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा ललितपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भइ ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने २३ वर्षीय मिलन परियार छन्। प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ। पीडित किशोरीको पक्षबाट उजुरी परेपछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो।