४ कार्तिक २०८३, बुधबार

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएसँगै नेपाली रुपैयाँ थप कमजोर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । अमेरिकी डलको भाउ नयाँ उचाइमा पुगेसँगे नेपाली रुपैयाँ थप कमजोर अवस्थामा पुगेको छ ।

नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ ।

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ ।

बुधबार अमेरिकी डलरको विनियम दर १२४.६४ रुपैयाँ थियो ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।