४ कार्तिक २०८३, बुधबार

१२ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ ।  वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक गएरातिबाट अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका दुई स्थानमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार गएराति ११ बजेबाट दुईतर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ ।

सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि हजारौँ यात्रु अलपत्र परेका छन् ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम जारी छ ।