२ कार्तिक २०८३, सोमबार

मिस धरान २०२२ को अनलाइन आवेदन खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान । फेशन नगरीको रुपमा चिनिने धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ आयोजना हुने भएको छ ।

कम्तीमा एसईई उत्तीर्ण तथा १२ कक्षा पढ्दै गरेका धरानका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम धरानमा आयोजना हुदै आएको छ ।

आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाका अनुसार मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ र अनलाइनसंगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ भने आवेदन निःशुल्क गरिएको छ ।