४ कार्तिक २०८३, बुधबार

बिदा अस्वीकृत भएपछि एआईजी विश्वराज पोखरेलले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बिदा अस्वीकृत भएपनि कानुनी निकास नभएसम्म काममा नफर्कने बताएका छन् ।

वुधबार उनले थप १० दिन विदाको माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए । तर आईजीपी धीरज प्रताप सिंहले विदा अस्वीकृत गरिदिएपछि पोखरेलले कानुनी निकास नभएसम्म खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका बताइएको छ ।

पोखरेल निकट स्रोतका अनुसार आईजीपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा उनी हाजिर नहुने बताइएको छ ।

पोखरेलले आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिट विचाराधीन छ । जसको पेशी जेठ ३० गतेका लागि तोकिएको छ । त्यसदिन फैसला आउने आश गरिएको छ ।