
काठमाडौँ, २५ जेठ । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् ।
यसअघि लिएको एक महिनाको विदा अवधि सकिएपछि पोखरेलले पुनः विदा थप गर्न निवेदन दिएका थिए ।
तर आईजीपी सिंहले पोखरेलको अपील अस्वीकार गरेका हुन् । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् ।
आईजीपीका दावेदार पोखरेल सरकारले सिंहलाई आईजीपी बनाएपछि विदामा थिए ।
मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका पोखरेललाई मनसुनको मौसममा बिदा दिनु पनि अनुपयुक्त हुने आईजीपी सिंहको निष्कर्ष छ ।
सर्वोच्च अदालतमा आईजीपी नियुक्ति प्रकरणमा विश्वराजको मुद्दा विचाराधीन रहेको छ ।















प्रतिक्रिया