
काठमाडौँ, २५ जेठ । माओवादी केन्द्रमा पनि मन्त्री हेरफेर गर्ने दवाव बढेको छ ।
नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता गर्ने निर्णयसँगै माओवादीमा पनि त्यसको साइड इफेक्ट परेको हो ।
माओवादी नेता वर्षमान पुनले माओवादीमा पनि पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने दवाव बढेको बताए ।
वुधबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने–हाम्रो पार्टीमा छलफल त भएको छैन तर नेकपा एकीकृत समाजवादीको निर्णयसँगै हाम्रोमा पनि मन्त्रीहरूलाई फिर्ता बोलाउन दबाब बढेको छ । यो दबाब नेताहरूले कसरी थेग्नुहुन्छ भन्न सकिन्न ।















प्रतिक्रिया