
काठमाडौँ, २५ जेठ । काठमाडौँ उपत्यकाको फोहोर फाल्ने क्रममा नुवाकोटको बञ्चरेडाँडामा तनाव उत्पन्न भएको छ ।
फोहोर फाल्ने क्रममा स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको हो ।
उपत्यकामा थुप्रिएको फोहोर मंगलबारदेखि फाल्न सुरु गरिए पनि स्थानीयले अवरोध गरेका हुन् ।
वुधबार पनि स्थानीयले ढुंगामुढा गर्दै तनाव उत्पन्न गरेपछि स्थिति साम्य पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया