
काठमाडौँ, २५ जेठ । रञ्जु दर्शनाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
यसअघि विवेकशील नेपाली र विवेकशील साझा नेपालीबाट काम गरेकी उनले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएकी हुन् ।
उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका मेयरमा उम्मेदवारी दिएकी थिइन् । जसमा उनले २३ हजार ४ सय ३९ मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् ।















प्रतिक्रिया